
काठमाडौं, १९ असोज । नेपालीहरुको महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा आइएमई पेले ‘आइएमई पे डिजिटल दशैं तिहार २०८१’ योजना सार्वजनिक गरेको छ ।
असोज १७ गते देखि कार्तिक २२ गतेसम्म लागु हुने यस योजनाअन्तर्गत सेवाग्राहिहरुले आइएमई पेमार्फत गर्ने करोबारहरुमा १ मेगा बम्पर उपहार, ५ बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहारहरु जित्न सक्नेछन् ।
मेगा बम्परमा पल्सरको एन एस २०० बाइक, बम्परमा आइफोन १६, फ्रिज, वाशिङ मेशिन, टिभी, वान प्लस प्याड, साप्ताहिकमा सिएमएफको वाच प्रो २ र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कारहरु रहेको छ । साथै, सेवाग्राहीहरुले आफ्नो आइएमई पे एपमा कुनै पनि बैंकको खाता लिङ्क गरेको खण्डमा यी पुरस्कारहरु जित्ने डबल मौका पनि पाउनेछन् ।
डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा दिन योजनालाई थप परिस्कृत गर्दै आइएमई पेमार्फत गरिने विभिन्न भुक्तानीमा पनि पुरस्कारहरू प्रदान गरिनेछ ।
पुरस्कारहरुको विजेताहरु घोषणा आइएमई पेको सामाजिक सञ्जालमार्फत हुनेछ । दैनिक तथा साप्ताहिक पुरस्कार बाहेकको सम्पूर्ण विजेताहरुले अभियान अवधिको अन्त्यमा मात्रै उपहारहरु प्राप्त गर्नेछन् । पुरस्कारको लागि योग्य हुन प्रयोगकर्ताहरुले मुख्यतः आइएमई पे एपमा आफ्नो केवाईसी प्रमाणित गर्नुपर्नेछ ।








प्रतिक्रिया