१५ असार २०८३, सोमबार

माछापुच्छ्रे बैंकले मनायो २४औँ वार्षिकोत्सव

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोेत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूसहित भव्य रूपमा मनाइरहेको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा लिएको हो । यसै अवसरमा बैंकले शुक्रबार केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर हर्षित उल्लासकासाथ वार्षिकोत्सव मनाएको छ ।

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउँदै आएको बैंकले यस वर्ष २४औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको छ भने ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरुमार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका कार्यक्रमहरूसमेत सञ्चालन गरिरहेको छ । जसअन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवद्र्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रीत गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

केहीदिन अगाडि मात्रै आएको बाढी पहिरोमा परी विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउपालिका १ र २ का बाढी पहिरो पिडित घरपरिवारलाई २०० थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ । बाढी पहिरोका कारण विभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्केटहरु रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यसलगायत बैंकका विभिन्न शाखा कार्यालयहरुको माध्यमबाट स्थानीय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएको छ ।

यसैगरी, बैंकले २४औँ वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफरहरु सञ्चालनमा ल्याएको छ । बैंकले असोज १ देखि ३० गते सम्मको अवधीमा यस बैंकको मोबाइल बैंकिङ एमबीएल स्मार्ट एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरुलाई विशेष छुटको योजना ल्याएको छ । जसअन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिदाँ पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधीको लागि एकमुष्ट २,४०० रुपैयाँ मात्रमा प्रदान गरिरहेको छ । साथै, बैंकले मोबाइल बैंकिङ एमबीएल स्मार्ट (एप) सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

देशका हरेक वर्ग र क्षेत्रमा सेवा पुर्‍याउने उद्धेश्यका साथ १६५ शाखा कार्यालयहरु २०१ एटिएम, १११ शाखारहित बैंकिङ सेवा, १२ एक्सटेन्सन काउण्टरमार्फत १६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरूमा अझ प्रभावकारी र दिगो कार्यक्रमहरू सञ्चालन गर्दै, सामाजिक उत्तरदायित्वका अभियानहरूलाई थप प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।