२६ जेष्ठ २०८३, मंगलबार

लेबनानमा रहेका नेपाली सुरक्षित, सहयोग चाहिएमा सम्पर्क गर्न सकिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । सरकारले विकसित पछिल्लो घटनाक्रमपछि लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ ।

लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको जानकारी दिएको हो ।

साथै मन्त्रालयले तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेवनानमा रहेका नेपाली नागरिकहरु तथा उहाँहरुका आफन्तहरुले निम्न सम्पर्क नम्बर तथा इमेलमार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।

१. नेपाली राजदूतावास कायरो, इमेलः [email protected], सम्पर्क व्यक्तिः दीपक घिमिरे, द्धितीय सचिव, फोन : +२०१०९७७७२३४८ (ह्वाट्सएप) ।

२. अवैतनिक नेपाली वाणिज्यदूतावास, बेरुत, इमेलः [email protected], सम्पर्क व्यक्तिः मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत फोन :+९६१३३०११८१/ +९६१८१८८३७१३ ।

३. परराष्ट्र मन्त्रालय, काठमाडौं, इमेलः [email protected], सम्पर्क व्यक्तिः श्रीकृष्ण सिलवाल, शाखा अधिकृत, फोन नं. +९७७- ९८४११७९५२० ।