१ असार २०८३, सोमबार

कस्तो छ अभिनेता रजनीकान्तको स्वास्थ्य ?

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । बलिउड अभिनेता रजनीकान्तको मुटुको उपचार गरिएको छ । मिडिया रिपोर्टकाअनुसार रजनीकान्तको स्वास्थ्यबारे अस्पतालले एक बुलेटिन जारी गर्दै जानकारी दिएको छ ।

रजनीकान्तलाई ३० सेप्टेम्बर २०२४ मा ग्रिम्स रोडस्थित एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उहाँको मुटुबाट निस्कने मुख्य रक्तनलीमा सुन्निएको थियो, जसको शल्यक्रिया नगरी ट्रान्सक्याथेटर विधिबाट उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।

सिनियर इन्टरभेन्शनल कार्डियोलोजिस्ट डा. साई सतीशले स्टेन्ट राखेर सुन्निने कामलाई पूर्ण रूपमा बन्द गरिदिएको बताउनुभएको छ ।

बुलेटिनमा थप भनिएको छ, ‘हामी उहाँका शुभचिन्तक र प्रशंसकहरूलाई यो प्रक्रिया योजना अनुसार अघि बढेको जानकारी गराउन चाहन्छौँ । रजनीकान्त स्थिर र निको भइरहेका छन् । उनी पनि दुई दिनमा घर फर्कनेछन् ।’

उहाँलाई सोमबार राति अस्पतालमा भर्ना गरिएको थियो ।