४ श्रावण २०८३, सोमबार

अभिनेता गोविन्दा आफ्नै रिवल्भरले गोली लागेर घाइते

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार भएको छ ।

गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उहाँको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गोविन्दाका प्रबन्धकले समाचार एजेन्सी एएनआईलाई भने, ‘उनले आफ्नो लाइसेन्स प्राप्त रिवल्भर कभरमा राख्दै थिए, जब आफ्नो खुट्टामा खस्यो र गोली लाग्यो । डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ छन् तर अझै अस्पतालमा छन् ।’