११ असार २०८३, बिहिबार

सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना हुनुभएको छ ।

मिडिया रिपोर्टकाअनुसार रजनीकान्तलाई गएराति चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ । पेट दुखेको गुनासो गरेपछि उहाँलाई भर्ना गरिएको बताइएको छ ।

त्यस्तै, केही भारतीय मिडियाहरुले भने रजनीकान्तको मुटुसम्बन्धी समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् ।

पछिल्लो केही वर्षयता रजनीकान्तको स्वास्थ्य पटक–पटक बिग्रिएको छ । रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपणसमेत गरिएको थियो ।