
काठमाडौं, १२ असोज । नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले अस्वाभाविक रूपमा भएको ठूलो बर्षापछिको बाढीपहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको बताउनुहुँदै यसबाट एमाले मर्माहत भएको बताउनु भएको छ ।
दुःखद तथा पीडादायी अवस्थामा उद्धार तथा राहत कार्यमा जुट्न सरकारसँग विशेष आग्रह गर्नुहुँदै कार्यवाहक अध्यक्ष पोखरेलले सरकारका सबै सम्बन्धित निकायहरू खासगरी सुरक्षा निकायहरूको व्यवस्थित परिचालन , सम्वन्धित मन्त्रालयहरू र निकायहरूको व्यवस्थित र समन्वयात्मक परिचालन आवश्यक रहेकोमा जोड दिनुभयो ।
एमालेको पार्टी पंक्ति उद्वार तथा राहतको काममा तत्परताका जुट्ने जानकारी दिनुहुँदै उहाँले पार्टी कमिटीहरू, जनप्रतिनिधिहरू र जनबर्गीय संगठनहरू समन्वयात्मक रूपमा परिचालन हुन आह्वान गर्नुहुँदै उहाँले अन्य राजनीतिक दलहरूलाई पनि उद्वार कार्यमा परिचालित हुन अनुरोध गर्नुभएको छ ।
उहाँले आम नागरिकहरूमा आफ्नो आवतजावतमा समेत विशेष सतर्कता अपनाउन अनुरोध गर्नुभएको हो । विपदमा परी ज्यान गुमाउनु हुने सबैप्रति श्रद्धान्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुहुँदै उहाँले बेपत्ताहरूको अविलम्ब खोजी कार्य गर्न, घाइतेहरूको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।












प्रतिक्रिया