
चितवन, १२ असोज । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत ९ किलोमा सडक भासिएको छ ।
सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भासिएको ठाउँमा एउटा गाडी पल्टिएको छ ।
भासिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी मर्मतको कार्य हुँदै गरेकोले त्यस सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।
लगातारको वर्षाको कारणले गएराति यस सडकमा यातायातमा रोक लगाइएको थियो ।








प्रतिक्रिया