२८ असार २०८३, आइतबार

चाडपर्व लक्षित सुरक्षाका लागि एमालेले गरायो सरकारको ध्यानाकर्षण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । नेकपा (एमाले) ले चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षण गराएको छ । आज एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सरकारलाई चार बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल सडकका खाल्डाखुल्डी पुर्न, धुलो नउड्ने बनाउन साँझ पानी छर्कने व्यवस्था गर्न एमालेले माग गरेको छ ।

यस्तै, कालोबजारी नियन्त्रणका निम्ति अनुगमन संयन्त्र परिचालन गरी शूपथ मूल्य पसलहरू सञ्चालन गर्न पनि एमालेले आग्रह गरेको हो ।

साथै चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरू (अत्यधिक मदिरासेवन, जुवा तास, पटाका, आतिसवाजी) रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई अनुरोध गरिएको छ ।