![]()
काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने दाबी गरेका छन् ।
कीर्तिपुरमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सोही अनुसार योजना र कार्यक्रम बनाउन विद्यार्थी संगठनलाई निर्देशन दिनुभयो ।
‘अहिले वामपन्थी शक्तिलाई समाप्त गर्न प्रतिक्रियावादी शक्तिहरूले निकै षड्यन्त्र गर्दैछन् । त्यसको प्रतिवाद गर्न सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा आउनेछौँ । तपाईँ सडकको बाघ भएर निस्कनोस् । म संसदमा सिंह भएर निस्केको छु । केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाउनुहुनेछ’, विद्यार्थी संगठनलाई निर्देशन दिँदै उहाँले भन्नुभयो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया