
सुर्खेत, १० असोज । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पार्टी नेतृत्वमा प्रदेश र नेपाल सरकार गठन भएपछि नागरिकमा उत्साह थपिएको बताउनु भएको छ ।
एमाले कर्णाली प्रदेश कमिटीको तेस्रो बैठकलाई सुर्खेतमा संवोधन गर्दै केन्द्रीय स्कुल विभागका प्रमुख समेत रहनु भएका उपमहासचिव ज्ञवालीले आफ्नो एक वर्षे कार्यकालमा नमुनायोग्य काम कर्णाली प्रदेशले गरेको उल्लेख गर्दै उहाँले एमाले र नेपाली कांग्रेसको संयुक्त सरकारले देशमा निम्तिन खोजेको संकट टारेको बताउनुभयो ।
२०७८ असार २८ गते परमाधेश जारी भएपछि राष्ट्रिय राजनीति विथोलिएको उहाँको भनाइ छ । त्यसको परिणाम आज समाजमा निराशा छाएको, अर्थतन्त्र धरासायी बनेको, यूवाहरु पलायन हुनु पर्ने अवस्था आएको उहाँले टिप्पणी गर्नुभयो ।
वर्तमान एमाले नेतृत्वको सरकारले केहि आशाका किरण जगाएको उल्लेख गर्दै अब सरकार कसरी सञ्चालन हुने, कस्ता नीति तथा कार्यक्रम सञ्चालन गर्ने भन्ने बारेमा आफ्नो नेतृत्वको सत्तारुढ दलबीच कार्यदलले कार्यशालाको आयोजना गरेर प्रतिवेदनको तयारी गरेको ज्ञवालीले जानकारी दिनुभयो ।












प्रतिक्रिया