१ श्रावण २०८३, शुक्रबार

शुक्रबार र शनिबार रात्रीबस नचलाउन आग्रह

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ ।

आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले रात्रीबस नचलाउन आग्रह गरेको हो ।

त्यस्तै नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, बादल गर्जेको र चट्याङ परिरहेको बेला रुखमुनि, बलेनी वा घरबाहिर नबस्न, विपद्को जोखिममा रहेका नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्न समेत प्राधिकरणले आग्रह गरेको छ ।