५ श्रावण २०८३, मंगलबार

कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० असोज । कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको यात्रुबाहक बसमा सवार २६ जनाको उद्धार गरिएको छ । साँझ करिब ६ बजे यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नम्बर ३४ र ३५ बाट तल खसेको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिल्क्स यात्रुबाहक बस कोशी ब्यारेजको ३४र३५ नम्बर ढोकामा खसेको थियो ।

बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । अहिले उहाँहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।