३० असार २०८३, मंगलबार

सिमरा र विराटनगरमा अवतरण हुन नसकेपछि जहाज काठमाडौं नै फर्किएर अवतरण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । मोरङको विराटनगर र सिमरामा अवतरण हुन नसकेपछि दुई जहाज काठमाडौं नै फर्किएर अवतरण भएका छन् ।

मौसम खराबीका कारण अवतरण हुन नसकेपछि यती एयरलाइन्सको जहाज काठमाडौं‌ फर्किएर अवतरण गरेको छ भने यती कै अर्को जहाज सिमरामा अवतरण हुन नसकेपछि काठमाडौं फर्किर अवतरण भएको हो ।

मौसम खराबीले गर्दा देशैभरको हवाई सेवा प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने सामान्य तवरले चलिरहेका छन् ।