११ असार २०८३, बिहिबार

दयाहाङले सके चलचित्र ‘अञ्जिला’को डबिङ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । नेपाली चलचित्र ‘अञ्जिला’का लागि अभिनेता दयाहाङ राईको स्वराङ्कन (डबिङ) सम्पन्न भएको छ । चलचित्र नेपालमा आगामी फागुन २९ गते रिलिज हुँदैछ । व्यस्त समय तालिकाबीच अभिनेता राईले चलचित्रको डबिङ कार्य सम्पन्न गर्नुभएको हो ।

चलचित्र ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ । चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएको छ । चाम्सकाअनुसार चलचित्रको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलनमार्फत अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिनेछ ।

चलचित्रमा प्रमुख भूमिकामा एञ्जिला तुम्बापो सुब्बा आफै देखिनुहुनेछ । साथै, दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निभाउनुभएको छ ।

चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो । चलचित्रमा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा देखाइनेछ ।

निर्देशक चाम्सकाअनुसार यस चलचित्रले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको छ । उहाँअनुसार यो चलचित्र एञ्जिलाको पूर्ण बायोपिक भने होइन, तर उहाँको जीवनका विभिन्न घटनाहरूमाथि आधारित भने छ ।

चलचित्रको छायाङ्कन सुदीप बरालले गर्नुभएको हो भने सम्पादन मिलन श्रेष्ठले गर्नुभएको छ ।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेको यो चलचित्रमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सहनिर्माता हुनुहुन्छ । विनोद सुवेदी खत्रीले चलचित्रको निर्माण नियन्त्रकको भूमिका निभाउनुभएको छ ।