२७ असार २०८३, शनिबार

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार समुह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालले १-० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो ।

नेपालको जितमा खेलको ५६औं मिनेटमा कृष्णबहादुर आलेले र खेलको ८४औ मिनेटमा सुजल डंगोलले एक/एक गोल गर्नु भएको थियो। यसअघि भुटानले खेलको ४३औं मिनेटमा योन्टेन थारचेनको गोलले अग्रता लिएको थियो ।

यो जितपछि समुह बी बाट नेपाल उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । समुह बी बाट पाकिस्तान विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भुटान भने समूह ‘बी’ मा तेस्रो हुदै बाहिरिएको छ ।

अब सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने छ भने पाकिस्तानले बंगलादेशको सामना गर्ने छ । सेमिफाइनल खेल शनिबार हुने छ ।