२३ जेष्ठ २०८३, शनिबार

मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडिओसहित)

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । बालगायक मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियो सुरशाला युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक भएको हो । गायनमा एकदमै रुची राख्ने राठीले आफ्ना हजुरबुबा, हजुरआमा, बुबाआमाको प्रेम त्यागप्रति गीत समर्पित गर्नु भएको हो ।

म्युजिक भिडियोमा बालगायक राठीकै बुबा आमाको मुख्य अभिनय रहेको छ । यस भिडियोलाई युवराज वाइबाले निर्देशन गर्नु भएको छ भने निसल पौडेलले भिडिओको छायांकन गर्नु भएको हो ।

भिडियो र गीतका शब्दहरूले अभिभावकहरूले आफ्ना सन्तानप्रति गर्ने स्नेह, त्यागलाई देखाउँदै सन्तानले अभिभावकको प्रेमप्रति देखाएको सम्मानलाई समेत झल्काएको छ ।