
काठमाडौं, ८ असोज । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङस्वदेश फर्किनु भएको छ ।
मंगलबार च्याम्पियनसिपमा रजत पदक जितेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।
चीनको हाङचाउमा भएको प्रतियोगिताको महिला ६८ केजी तौल समूहमा नेपाली कराँते खेलाडी भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित हुनुभयो ।
तर एसियाली कराँतेको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालले पहिलो पटक पदक जितेको हो । एक वर्षअघि हाङचाउमै भएको १९ औं एसियाली खेलकुदको कराँतेमा पनि उनले रजत पदक जित्नु भएको थियो ।







प्रतिक्रिया