
काठमाडौं, ८ असोज । गीतकार सतीश चापागाईको गीत ‘अरबमा घाम छ’ बोलको गीत भिडिओसहित सार्वजनिक भएको छ ।
दीप घतानीको संगीत रहेको गीतलाई संजीव बराईलीले स्वर दिनुभएको छ । दीप घतानी, सीमा क्षेत्री र मिरेश अधिकारीको अभिनय रहेको गीत बजारमा आएको हो ।
गीतले नेपाली जनताको पीडादायी यात्रालाई चित्रण गरेको छ । गीतका शब्दहरूले स्वदेशमै जागिर नपाएकै कारण आम नेपालीहरूको विदेशमा काम गर्न जाने बाध्यतालाई बयान गर्छ । नेपालमा दुःख र गरिबीको अन्धकारबाट भागेर अरबको तातो घाममा पसिना बगाउन जान बाध्य भएका नेपालीहरूको व्यथा गीतमा प्रस्तुत गरिएको छ ।
गीतले हामीलाई सोच्न बाध्य गर्छ कि- किन हाम्रा युवाहरू आफ्नो मातृभूमि छोडेर विदेशी भूमिमा श्रम बेच्न बाध्य छन् ? कहिलेसम्म यो चक्र चलिरहनेछ ? गीतले हामीलाई हाम्रो समाजको वास्तविकतासँग सामना गर्न र परिवर्तनको लागि काम गर्न प्रेरित गरेको भाव देखाएको छ ।
गीतको भिडिओ छायांकन विशाल थापाले गर्नुभएको हो भने भिडिओ सम्पादन विभोर पोखरेलले गर्नुभएको छ ।








प्रतिक्रिया