
पोखरा, ७ असोज । सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएको नेपाल प्रहरीको पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतले पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
गोर्खा मिडिया ग्रुपका तत्कालीन सञ्चालक जोशीलाई हिजो प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरी पोखरा लगेको थियो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिनु भएको हो ।








प्रतिक्रिया