
काठमाडौं, ७ असोज । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
आज माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।
पहिलो सेट २५-१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा सफल भएको हो ।
खेलाडीलाई स्वागत गर्न विमानस्थलमा नेपाल पुलिस क्लबका अधिकारीहरु, समर्थक र परिवारलगायतको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया