२९ असार २०८३, सोमबार

झापामा आगलागीबाट १२ लाखको क्षति

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ७ असोज । झापाको हल्दीबारी–३ रमाइलो चोक बस्ने ताराबल गिरीको घरमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट गिरीको घर र घरसँगै रहेको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गोठमा रहेका ९ वटा खसी बाख्रा जलेर मृत्यु भएको तथा एउटा बाछासमेत जलेर घाइते भएको छ । घरमा भण्डार गरी राखिएको धान, चामल, मकै, गहुँ पूर्ण रुपमा नष्ट हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी मेहेगी ल्वामु तामाङले जानकारी दिनुभयो ।

भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, स्थानीय मानिसहरूको सहयोगमा बिहान ४ बजे आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारण थाहा हुन नसकेको तामाङको भनाई छ ।