२५ जेष्ठ २०८३, सोमबार

झापामा दुर्गा प्रसाईंका समर्थकले ३ ट्रक जलाए, ट्रक चालक घाइते

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ७ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि झापामा उहाँका समर्थकले गएराति तीन वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् ।

प्रसाईंका समर्थकले गएराति ११ बजे बिरिङ पुल नजिकै युपी-५७ एटी-४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । ४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।

यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका-६ गिरिबन्धु टी-स्टेट नजिक डब्लूबी-७३ ई-३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समूहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ । ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन् । उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाई छ । नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ

त्यसैगरी, सोमबार बिहान झापाको धाइजनमा डब्लूबी-७३ ई-३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ ।