२१ असार २०८३, आइतबार

सरकारलाई चेतावनी दिँदै रविले भने- कसैको राजनीति बचाइदिन म बलि चढिदिनुपर्ने ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कसैको राजनीतिक जोगाउन आफूलाई पक्राउ गर्न खोजिएको बताउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग आज कुराकानी गर्नुहुँदै लामिछानेले गगनप्रति लक्षित गर्दै कसैको राजनीति जोगाउन आफूमाथि षड्यन्त्र भइरहेको बताउनुभएको हो ।

कसैको राजनीति बचाइदिनका लागि मैले बलि चढिदिनुपर्ने भन्दै ? उहाँले प्रश्न गर्नुभयो ।

‘कसैको राजनीति जोगाउनका निम्ति मलाई बलि चढाउन नखोज्नुस् । आँट भए आऊ, तर मलाई षड्यन्त्र गरेर होइन । चुनाव लडेर जित्नुस् । यस्तो षड्यन्त्र गरेर होइन’, उहाँले भन्नुभयो, ‘गल्ती गर्ने भागेर बसेका छन्, म त यहाँ शीर ठाडो गरेर बसिरहेको छु । मैले सरकारलाई स्पष्ट भनेको छु । मलाई तपाईंको अनुकम्पा चाहिँदैन । तपाईंहरुको दया चाहिँदैन । मैले कहाँ जानुपर्ने हो अनुसन्धानका लागि जानुपर्ने म तयार छु’, ।