
काठमाडौं, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारीको प्रतिवाद गर्ने भएको छ ।
आज पार्टी कार्यालयमा बसेको आकस्मिक बैठकले सभापतिविरूद्व सरकारले षड्यन्त्र गरेको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय भएको पार्टी उपसभापति डीपी अर्यालले जानकारी दिनुभयो ।
सरकारले मिडिया ट्रायल गरेर सभापतिमाथि षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । ‘सरकारले मिडिया ट्रायल नगरोस् । सरकारले गलत गरिरहेको छ, यसको हामी प्रतिवाद गर्छौं । सकेसम्म सुसंस्कृतिक राजनीतिबाट प्रतिवाद गर्छौं,’ उहाँले भन्नुभयो ।








प्रतिक्रिया