२६ जेष्ठ २०८३, मंगलबार

चीन भ्रमणमा रहेका नेताहरूलाई रास्वपाले फिर्ता बोलायो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । चीन भ्रमणमा रहेका नेताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले फिर्ता बोलाएको छ ।

सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेसँगै रास्वपाले चीन भ्रमणमा रहेका नेताहरूलाई फिर्ता बोलाएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो ।

सभापति लामिछानेलाई आजै पक्राउ गर्ने हल्लाकाबीच रास्वपाका नेताहरू पार्टी कार्यालयमा जम्मा भएर छलफल गरेका थिए । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेसँगै लामिछानेलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ ।

जोशीको बयानपछि उहाँलाई अदालतको पक्राउ पुर्जी लिएर पक्राउ गरिने प्रहरी स्रोतले जानकारी दिएको छ ।