
काठमाडौं, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पक्राउ नपर्नुहुने भएको छ ।
यसअघि लामिछानेलाई पक्राउ गर्ने तयारी भएको बताइएकोमा प्रहरीले आज उहाँलाई पक्राउ गर्ने कुनै तयारी नरहेको बताएको हो । बाहिर आएका समाचारमा कुनै सत्यता नरहेको प्रहरीले स्पष्ट पारेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका गोर्खा मिडिया ग्रुपका तत्कालीन सञ्चालक छविलाल जोशीको बयानपछि मात्रै लामिछानेलाई पक्राउ गरिने बताइएको छ ।
जिल्ला अदालत पोखराबाट पक्राउ पुर्जी लिएर मात्रै लामिछानेलाई पक्राउ गरिने प्रहरी स्रोतको भनाइ छ ।








प्रतिक्रिया