१९ असार २०८३, शुक्रबार

अहिले कहाँ छन् रवि लामिछाने ?

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । प्रहरीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ ।

सम्भवत उहाँलाई प्रहरीले आजै पक्राउ गर्नेछ । अहिले लामिछाने बनस्थलीस्थित पार्टी कार्यालयमा हुनुहुन्छ । स्रोतका अनुसार प्रहरीले लामिछानेल पक्राउ गर्ने सूचना पठाइसको छ ।

आफू पक्राउ पर्ने भएपछि लामिछानेले उपत्यकाका नेता कार्यकर्तालाई अहिले पार्टी कार्यालयमा डाक्नु भएको छ ।

सहकारी छानबिन समितिले लामिछानेलाई सहकारी ठगी गरेर ल्याएको रकम गोर्खा मिडियामार्फत खर्च गरेको आरोपमा दोषी ठहर गरेको छ ।