
काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।
गोर्खा मिडियाका तत्कालीन सञ्चालक रहेका प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई पक्राउ गरेलगत्तै प्रहरीले लामिछानेमाथि पनि निगरानी बढाएको हो ।
लामिछानेलाई जुनसुकै बेलामा पनि पक्राउ गर्न सकिने प्रहरी स्रोतले जानकारी दिएको छ ।









प्रतिक्रिया