
काठमाडौं, ६ असोज । २१औं संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमकाबीच प्रदान गरिएको छ ।
तत्कालीन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको)बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ वि.सं. २०५९ सालमा स्थापित पुरस्कार यस वर्ष मातृभूमि साहित्य समाज मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई ५१ हजार रुपैयाँ नगदसहित प्रदान गरिएको हो ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा बैकका बागमती प्रदेश ‘ख’का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले संयुक्त रुपमा प्रदान गर्नुभएको हो । यस किसिमका कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।








प्रतिक्रिया