२८ असार २०८३, आइतबार

ससुराको हत्या आरोपमा ज्वाईँ पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ६ असोज । मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आशंका गरिएका ज्वाईँ पक्राउ परेका छन् ।

करिव ६० वर्षका तामाङको हिजो बिहान घरमै हत्या भएको अवस्थामा शव फेला परेको थियो । हत्या पश्चात उहाँका ज्वाईँ रविन राई फरार रहेका थिए । ज्वाईँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो ।

फरार रहेका राईलाई प्रहरीले आज धनकुटाको साँगुरीगडी गाउँपालिका स्थित मुलघाटबाट पक्राउ गरेको जनाएको छ । मुलघाटबाट राईलाई पक्राउ गरेको र हत्या उनैले गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालले जानकारी दिनुभयो ।