३० असार २०८३, मंगलबार

अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशक गुप्ताबीच भेट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताउनुभयो ।

उहाँले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराउनुभएको थियो ।