३२ असार २०८३, बिहिबार

मोदी र बाइडेनबीच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । अमेरिका पुग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुभएको छ ।

मोदी-बाइडेन भेटमा अमेरिकाले अमेरिकामा रहेका भारतका २९७ बहुमूल्य पुरातात्विक वस्तुहरू भारतलाई हस्तान्तरण गर्ने भएको छ । यी वस्तु तस्करी र अन्य गैरकानूनी माध्यमबाट अमेरिका पुगेको बताइएको छ । यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी सरकारलाई धन्यवाद दिनुभएको छ ।

यो जानकारी प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट एक्समा पोस्ट गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपतिसँगको तस्वीर सेयर गर्दै प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, ‘सांस्कृतिक सम्बन्ध र सांस्कृतिक सम्पदाको अवैध तस्करीविरुद्धको लडाइलाई बलियो बनाइँदैछ । भारतमा २९७ अमूल्य पुरातात्विक वस्तुहरू फिर्ता सुनिश्चित गरेकोमा म राष्ट्रपति बाइडेनप्रति धेरै आभारी छु ।’

यी प्राचीन वस्तुहरू ४००० वर्षसम्म पुराना छन् र २०००  ईसा पूर्वदेखि १९०० ईस्वीसम्म भारतका विभिन्न क्षेत्रहरूसँग सम्बन्धित छन् ।