
विराटनगर, ५ असोज । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ ।
कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गर्नुभएको हो ।
शुक्रबार प्रदेश सभाको बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको अधिवेशन अन्त्य भएको सूचना पढेर सुनाउनुभएको थियो ।








प्रतिक्रिया