४ असार २०८३, बिहिबार

एक दर्जन बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । नेकपा (एमाले) रौतहट जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एक दर्जन बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार संविधान दिवसको अवसरमा ललितपुरस्थित एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा रौतहट क्षेत्र नम्बर ३ अन्तर्गतका विभिन्न पालिकाबाट आएका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा फतुवा विजयपुर नगरपालिकाका पूर्ववडाध्यक्ष दीपनारायण चौधरी, नगिना राय यादव, अरुण चौधरी, तन राम, बजरगी चौधरी, राजकुमार चौरसिया, उपेन्द्रप्रसाद यादव, आमोद देवे कर्ण, रामसिहासन यादव, बाल सुधी यादव ,कृष्ण नन्दन, अमन चौधरीलगायतका रहनुभएको छ ।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेललगायतका नेताहरूले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभयो । यस अवसरमा महासचिव पोखरेलले नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्नुहुँदै पार्टी र देशको विकासमा योगदान पुर्‍याउन आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले आगामी निर्वाचनमा रौतहटका चारवटै निर्वाचन क्षेत्र, ८ वटै प्रदेश सभा निर्वाचन क्षेत्र र रौतहटका सबै स्थानीय तहमा एमालेलाई विजयी बनाउने गरी लाग्न निर्देशन दिनुभएको थियो ।