बिहीबार, १७ असोज २०८१
DainikNepal.com
बिहीबार, १७ असोज २०८१

यी हुन् सहकारी ठगीमा फरार रहेकाहरू

दैनिक नेपाल २०८१ असोज ४ गते १८:११

काठमाडौं, ४ असोज । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरुलाई उपलब्ध गराइदिनुहुन सरकारलाई निर्देशन दिइएको जनाइएको छ । फरारको सूचीमा रहेकाहरु जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङ लगायत रहेका छन् ।

फरार रहनेको सूची यस्तो छ-

१. स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका गितेन्द्रबाबु (जीबी) राई, हाल मलेसिया ।

२. सुमेरू बचत तथा ऋण सहकारी संस्थाका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन र निमित्तराज श्रेष्ठ, सबै हाल बेलायत ।

३. सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका नबहादुर बम्जन, हाल अमेरिका ।

४. सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका धनवहादुर बुढामगर, भुपेन्द्र राई, हालको अवस्था अज्ञात ।

५. शिवशिवर बहुउद्देश्यीय सहकारी संस्थाक तेजबहादुर बम्जन (तामाङ), हाल भारत/युरोप रहेको आशंका ।

६. इमेज बचत तथा ऋण सहकारी संस्थाका देवकुमार नेपाली, छेला नेपाली र दीपक पौडेल, हाल भारतमा ।

७. सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका तस्बिरन खातुन र असरफ अली, हालको अवस्था अज्ञात ।

८. सहारा बचत तथा ऋण सहकारी संस्थाक सागर केसी ।

९. दिनेश रोशा र हेमन्त अधिकारी, हालको अवस्था अज्ञात ।

१०. शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लीलानाथ गौतम, हालको अवस्था अज्ञात ।

११. नमस्ते वचत तथा ऋण सहकारी संस्थाका विष्णुप्रसाद रिमाल, हालको अवस्था अज्ञात ।

१२. मेघा ड्रिम महुउद्देश्यीय सहकारी संस्थाका महाशंकर रेग्मी, अवस्था अज्ञात ।

१३. कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका प्रेमध्वज लामा, अवस्था अज्ञात ।

१४. स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाका राजेश श्रेष्ठ, हाल फरार ।

१५. प्रभु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभका बुशचन्द्र श्रेष्ठ, हाल फरार ।

१६. मितेरी वचत तथा ऋण सहकारी संस्थाकी ज्योति गुरुङ, हाल फरार ।

१७. आर्जन बचत तथा ऋण सहकारी संस्थाका दीपक थापा ।

१८. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बुद्धि गुरुङ ।

१९ . सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका राधेचन्द्र यादव ।

२०. क्यापिटल सेभिड एण्ड क्रेडिट को-अपरेटिभका दिनेश पौडेल ।

प्रतिक्रिया
सम्बन्धित