३१ जेष्ठ २०८३, आइतबार

प्रधानमन्त्री ओली दोहामा, हेर्नुस् तस्वीरहरु

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा कतारको दोहा पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो १:३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत कुमार राई, दूतावासका वरिष्ठ अधिकारी, प्रवासी नेपाली मञ्चका नेता चानक पोखरेल लगायतले स्वागत गर्नुभएको थियो ।