
काठमाडौं, ४ असोज । गोरखा मिडिया नेटवर्कबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ससुरा उद्वव पौडेलको कम्पनीमा रकम पठाएको खुलासा भएको छ ।
सहकारी छानबिन प्रतिवदेनमा गोरखा मिडियाबाट पौडेलको गोपीकृष्ण मुभिजमा ८१ लाख २५ हजार रुपैयाँ पेस्की गएको उल्लेख छ । त्यो समयमा रवि लामिछाने गोरखा मडियाका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।
संसदीय छानबिन समितिमा लामिछानेले ससुराको कम्पनीमा पेश्की पठाइएकोबारेमा पनि जवाफ दिनुभएको छ । उहाँले ससुराको गोपीकृष्ण मुभिज् अन्तर्गतको गोपीकृष्ण एफएमलाई ग्यालेक्सी एफएम बनाउन सहमति भएअनुसार पेस्की दिइएको बताउनुभएको थियो।
प्रतिवेदनमा रविले भनेको कुरा यसरी उल्लेख छ- ‘गोपीकृष्ण मुभिज् अन्तर्गतको गोपीकृष्ण एमफमलाई ग्यालेक्सी एफएम बनाउने सहमति भएको थियो। रेडियो प्राप्त गर्नको लागि दिइएको पेश्की रकम हो। कल साईन परिवर्तन भएको प्रतिवेदन म यस समिति समक्ष पेश गर्छु । रेडियो ग्यालेक्सी प्रसारणमा आइसकेको थियो । सम्पूर्ण उपकरण गोरखा मिडिया नेटवर्कमै छ ।’








प्रतिक्रिया