१९ असार २०८३, शुक्रबार

रवि लामिछानेको ससुराको कम्पनीमा पनि गोरखा मिडियाबाट रकम गएको खुलासा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । गोरखा मिडिया नेटवर्कबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ससुरा उद्वव पौडेलको कम्पनीमा रकम पठाएको खुलासा भएको छ ।

सहकारी छानबिन प्रतिवेदनमा गोर्खा मिडियाबाट पौडेलको गोपीकृष्ण मुभिजमा ८१ लाख २५ हजार रुपैयाँ पेस्की गएको उल्लेख छ । त्यो समयमा रवि लामिछाने गोरखा मडियाका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।

‘गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/७८ मा गोपीकृष्ण मुभिज प्रालिलाई २५,००,००० पेस्की दिएको र आर्थिक वर्ष २०७८/७९ मा थप ६६,२५,००० गरी ८१,२५,००० पेस्की फर्छ्यौट हुन बाँकी देखिन्छ‚’ प्रतिवेदनमा लेखिएको छ ।