
काठमाडौं, ४ असोज । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले आफूले रवि लामिछानेको नाममा खाता खोलेको बयान दिनुभएको छ ।
सहकारी छानबिन समितिमा उहाँले व्यवस्थापक सागर केसीको निर्देशन अनुसार रवि लामिछानेको खाता खोलेको बयान दिनुभएको हो । यस्तै उहाँले रवि लामिछानेको खोलिएको खातामा दुई करोड जम्मा गरेको पनि बताउनु भएको छ ।
उहाँले भन्नुभएको छ, ‘रवि लामिछानेको नाममा खाता खोल्न लगाउनु भयो, मैले खाता खोलेको थिएँ । उक्त खतावाला को हुन् मलाइ थाहा भएन । यस विषयमा समाचारमा रोसनीले नै पूर्वउपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधि सभाका माननीय सदस्य रवि लामिछानेको खाता खोलेको भन्ने समाचार आएर मलाई साथीहरुले लिंक पठाउन थालेपछि यस्तो पो रहेछ कि भन्ने मलाई लाग्यो । संस्थामा हामीले व्यवस्थापक सागर केसीले भने अनुसार सबै काम गर्ने गर्थ्यौं’ ।








प्रतिक्रिया