१२ असार २०८३, शुक्रबार

सहकारी छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

सूर्य थापा नेतृत्वमा रहेको समितिले ११ सय २४ पृष्ठलामो पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको प्रतिवेदनमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानको बयान पनि उल्लेख छ । बयानमा रविले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै धेरै जटिल बनाइएको बयान दिनु भएको छ ।

साथै उनले बयानमा जिबी राईले आफ्नो नाममा र सयौं अन्य व्यक्तिहरुको नाममा लिएको ऋण फर्जी भएको बताउनु भएको छ । साथै उहाँले सहकारीबाट एक रुपैया नलिएको र गोरखा मिडियामा रहँदा आफ्नो बिज्ञताको जिम्मेवारी बाहेक अन्य कार्यमा संलग्नता नरहेको समितिलाई बताउनु भएको उल्लेख गरिएको छ ।