
काठमाडौं, ४ असोज । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ ।
आगामी १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । तर, आजै एक सूचना जारी गर्दै निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराइएको छ ।
नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्तालगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गर्नुभएको थियो ।

सदस्यता शुद्धीकरणको विषयमा विवाद हुँदा नेपाल पत्रकार महासंघको महाधिवेशन प्रभावित भएको छ । विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले यसअघि नै राजीनामा दिइसक्नुभएको छ ।









प्रतिक्रिया