
रौतहट, ४ असोज । रौतहटको कटहरियामा गएराति भएको मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको छ ।
कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा गएराति ७ बजे मधेश प्रदेश ०३-०२८ प ४९४१ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा कटहरिया नगरपालिका-९ डुमरियाका सुकदेव पासवानको छोरा अन्दाजी वर्ष २६ का रामजन्म पासवानको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनुभएको छ ।
तीव्रगतिमा रहेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका पासवानको कटहरियामा उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माले बताउनुभएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया