२३ जेष्ठ २०८३, शनिबार

कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ ।

गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित हुनुभएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहनुभएको छ ।

विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरु सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीले बताउनुभयो । ‘म अहिले निकै अस्वस्थ भएको छु । ज्वरो आएर जिउ नै गलिरहेको छ । मैले दाङ जाने कार्यक्रम थियो त्यो पनि स्थगित गरेको छु । अहिले प्रधानमन्त्रीको विदाईको लागि एकचोटि जाउँ कि सोचिरहेको छु ।’ उहाँले भन्नुभयो ।

एक कार्यक्रमका लागि विराटनगर जानुभएका उहाँ पाँच दिनअघि नै काठमाडौं फर्किनुभएको थियो । विराटनगरबाट फर्किएपछि उहाँलाई डेंगु संक्रमण पुष्टि भएको हो ।