९ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : संविधान दिवसमा कतै उल्लास त कतै असन्तुष्टि, समाजका लागि बालेन खतरा ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी संविधान दिवस हर्षोल्लासका साथ मनाइएको छ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका हुन् ।

संघीय राजधानी काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो । त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो ।

यसैबीच साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना समेत गरिएको छ भने दरबारमार्गमा भव्य कन्सर्ट भएको छ । यसैबीच आजैका दिन मधेश केन्द्रीत दलहरूले कालो दिन मनाएका छन् । संविधानप्रति असन्तुष्ट रहँदै आएका दलहरूले आजका दिनलाई कालो दिनका रूपमा मनाएका हुन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–