८ असार २०८३, सोमबार

निसानद्वारा आयोजित हस्तलेखन प्रतियोगिता सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) द्वारा आयोजित दोस्रो संस्करणको अन्तर विद्यालयस्तरीय नेपाली र अंग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का केन्द्रीय सदस्य तथा काठमाडौं प्याब्सनका प्रमुख सल्लाहकार हरिकृष्ण श्रेष्ठका प्रमुख आतिथ्यता र गोकर्णेश्वर लाइट एकेडेमीका प्रधानाध्यापक एवम् निसानका अध्यक्ष सौर्यनाथ आचार्यको अध्यक्षतामा सोमबार अत्तरखेलस्थित लिटिल बड स्कुलमा सो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा निसानमा आबद्ध रहेका २० वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगीहरूलाई कक्षा ३ देखि कक्षा ६ सम्मका प्रतियोगीलाई ‘जुनियर’ तथा कक्षा ७ देखि १० सम्मका प्रतियोगीहरूलाई ‘सिनियर’ गरी दुईवटा समूहमा बाँडेर प्रतिस्पर्धा गराइएको प्रतियोगिताका संयोजक एवम् लिटिल बड स्कुलका निर्देशक नारद खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली जुनियर समूहतर्फ कुमारी आवासीय सेकेन्डरी स्कुल/कलेजकी लक्ष्मी न्यौपाने पहिलो, लिटिल बड सेकेन्डरी स्कुलकी एन्जिला घिसिङ दोस्रो र द सेलिब्रेसन को–एड स्कुलकी स्वेक्षा कार्कीले तेस्रो स्थान हासिल गर्नुभयो । यस्तै, बाल गिताञ्जली स्कुलकी इन्दु आलेमगर, अल्पाइन एकेडेमीकी अनुशा तामाङ, गणेश हिमाल स्कुलकी राधिका कटवाल, इन्द्रावती पब्लिक स्कुल ९आईपीएस० की प्रेरणा श्रेष्ठ र गोकर्णेश्वर लाइट एकेडेमीकी रितु लामाले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।

यस्तै, नेपाली सिनियरतर्फ लिटिल बड सेकेन्डरी स्कुलकी प्रिया कारञ्जित पहिलो, इन्द्रावती पब्लिक स्कुल (आईपीएस)की मान्सी जैसवाल दोस्रो र अल्पाइन एकेडेकीकी ग्रिस्मा सापकोटाले तेस्रो स्थान हासिल गरेका छन् भने जीवन तारा एकेडेमीकी प्रशंसा तामाङ, इस्ट प्वाइन्ट एकेडेमीकी आशिका केसी, सेलिब्रेसन को–एड स्कुलकी अलियाना अधिकारी, गोकर्णेश्वर लाइट एकेडेमीकी युनिका श्रेष्ठ र बालसंसार सेकेन्डरी स्कुलकी समृद्धि राइले सान्त्वना स्थान हासिल गर्नुभयो ।