
काठमाडौं, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमानागरिक पहिलो स्थानमाहुनेछन् भन्ने संकल्प गर्न अपिल गर्नु भएको छ ।
संविधान दिवस २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त अपिल गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘हामी संकल्प गरौ कीहाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् । नागरिकको हित बाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन ।’
उहाँले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प चाहिने उल्लेख गर्दै भन्नुभयो,‘लक्ष्यप्राप्त गर्न साधना चाहिन्छ । अविचलित भइ अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिन्छ ।’
उहाँले भन्नुभयो,‘हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज महत्वपूर्ण संकल्प गरौं, पहिलो संकल्प गरौं, हामी लोकतन्त्र प्रति प्रतिवद्ध रहने छौं । जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउनेछौ र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौ । अर्को संकल्प गरौं कि हामी सुशासनप्रति प्रतिवद्ध रहने छौं तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्नेछौं ।’
राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिवद्द रहने तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेश्रो संकल्प गर्न आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो,‘भ्रातृत्व, एकता र समभावहाम्रो जीवनपद्दतिहुनेछ, सामाजिकएकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ ।’
जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिने छैनौं भन्ने अर्को संकल्प गर्न उहाँले आग्रह गर्नुभयो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी अधिकारी तथा समाजक ाविभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभाव तथा सर्वसाधारणको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेको थियो ।









प्रतिक्रिया