
काठमाडौं, ३ असोज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग गर्दै प्रहरीकोमा पुग्नु भएको छ ।
श्रीमान सीके राउतबाटै आफूलाई खतरा रहेको भन्दै उहाँले प्रहरीसँग सुरक्षामा माग गर्नु भएको हो । उहाँले आफूलाई ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा निवेदन दिनु भएको हो ।
राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिनु भएको छ । राउतले पत्नी सिन्धुसँग सम्बन्धविच्छेदको माग गर्दै अदालतमा निवेदन पनि दर्ता गराउनु भएको छ ।








प्रतिक्रिया