९ असार २०८३, मंगलबार

लेबनानमा पेजर र वाकीटकी विस्फोट, अहिलेसम्म २० जनाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । लेबनानमा पेजर र वाकीटकीमा भएका श्रृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले पेजर र वाकीटकी शृंखलाबद्ध विस्फोट भएको जानकारी दिएको छ ।  १७ सेप्टेम्बरमा पनि लेबनानका धेरै ठाउँमा पेजर विस्फोट भएका थिए । यी विस्फोटका कारण एक बालकसहित १२ जनाको मृत्यु भएको थियो । त्यसपछि हिजबुल्लाहले प्रयोग गरिरहेका वाकीटकी उपकरणहरू पनि विस्फोट भएका थिए । यी विस्फोटहरू लेबनानको राजधानी बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानमा भएका थिए ।

हिजबुल्लाहले पनि इजरायललाई यी विष्फोटको जिम्मेवारी दिएको छ । तर, हालसम्म इजरायलले लेबनानमा भएका दुवै विस्फोटमा कुनै प्रतिक्रिया दिएको छैन ।

बिहीबार हिजबुल्लाह नेता हसन नसरल्लाहले आफ्ना लडाकुहरूलाई सम्बोधन गर्नेछन् । यसपछि हिज्बुल्लाहका थप योजनाहरू अनुमान गर्न सकिन्छ ।