१ असार २०८३, सोमबार

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, ३ असोज । कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सोही गाउँपालिकाको वडा नं. ४ निवासी ३७ वर्षीय रामशरण थारु र वडा नं ३ निवासी १९ वर्षीय वसन्त थारुको उपचारका क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायव निरीक्षक भद्रसिंह वलीले जानकारी दिनुभयो ।

रामशरणले चलाएको भे १२ प ३१९५ नंको मोटरसाइकल र वसन्तले चलाएको भे १२ प ४८२८ नंको मोटरसाइकल एकापसमा जुध्दा दुवैजना गम्भीर घाइते भएका थिए । दुवै जनाको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा रामशरणले चलाएको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका-४ निवासी ३८ वर्षीय अजय थारु र वसन्तले चलाएको मोटरसाइकलमा सवार वडा नं ३ खैरनी निवासी सञ्जय थारु र सङ्गीन थारु घाइते हुनुभएको छ ।

घाइतेहरूको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।